हनुमान मन्दिर सेवा समितिको पाँचौ साधारण सभा सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-४ मा रहेको गोदावरी धामस्थित हनुमान मन्दिर सेवा समितिको पाँचौ साधारण सभा सम्पन्न भएको छ ।

बिहिबार समितिका अध्यक्ष नरेन्द्र बहादुर शाहीको सभाअध्यक्षतामा सम्पन्न भएको साधारण सभामा सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर वैद्यनाथ बाहिनी मुख्यालय, कैलालीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)दिगविजय सुवेदी प्रमुख अतिथि रहेका थिए ।

nisarga

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुसहित श्रद्धालुहरुको उपस्थिति रहेको थियो ।

रामजानकी मन्दिर निर्माणमा सहयोग गरेको भन्दै नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीलाई सम्मान समेत गरिएको उक्त कार्यक्रममा आजै नयाँ कार्यसमिति समेत चयन हुने जनाइएको छ ।

कार्यक्रममा आज हनुमान जयन्तीको अवसरमा हनुमान मन्दिर परिसरमा प्रमुख अतिथि सुवेदीले झन्डोत्तोलन पनि गरेका थिए ।