प्रदेश प्रमुखद्वारा २४ गते सुदूरपश्चिम प्रदेश सभा आह्वान

Image
maya metro

कैलाली – सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन आगामी चैत २४ गते मंगलबार आह्वान गरिएको छ ।

बुधबार मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको सातौँ अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो ।

nisarga

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाले चैत २४ गते मंगलबार अपराह्न ४:०० बजे हिउँदे अधिवेशन आह्वान गरेका हुन् ।

मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १६६ को उपधारा (२) बमोजिम अधिवेशन आह्वानका लागि औपचारिक रूपमा बिहीबार सिफारिस पत्र पठाएका थिए । त्यसलगत्तै प्रदेश प्रमुख मियाले अधिवेशन आह्वान गरेका हुन् ।