सहकारी दिसवमा सामाजिक कार्य(भिडियो)

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी-२ अत्तरियामा रहेको थ्रिडिभिएल बहुउदेश्यीय सहकारी संस्थाले सामाजिक कार्य गरी सहकारी दिवस मनाएको छ ।

आज परेको ६९ औं सहकारी दिवसको अवसरमा थ्रिडिभिएलले सामाजिक कार्य गरेको हो ।

nisarga

संस्थाका अध्यक्ष दीपक ओझाका अनुसार गोदावरी नगरपालिका वडा नम्बर १२ का क्यान्सर पिडित हेमन्त बडैलाको परिवारलाई नगद ५ हजारसहित खाद्यान हस्तान्तरण गरिएको हो भने वडा नम्बर २ स्थित अत्तरियामा रहेको सुप समावेशी आधारभूत विद्यालयमा खाद्यान सहयोग गरिएको हो ।

सहकारीको उदेश्य बचत संकलन गर्ने र ऋण लगानी गर्ने मात्रै नभइ सामाजिक उत्तरदायित्व पनि पुरा गर्ने भएकोले आफूहरुले सहकारी दिवसको अवसरमा सामाजिक कार्य गरेको ओझाले बताएका छन् ।