अत्तरिया क्षेत्रका सार्वजनिक शौचालयको अवस्था सुधार आवश्यक

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकायाले अत्तरिया क्षेत्रका सार्वजनिक शौचालयको अवस्था सुधार गर्न आवश्यक रहेको बताएकी छिन् ।

शुक्रबार सार्वजनिक शौचालयहरुको अनुगमन गर्न पुगेकी रोकायाले यस्तो बताएकी हुन् ।

nisarga

सार्वजनिक शौचालयमा रकम लिने तर सरसफाइ नगर्ने गरेको स्थानीयको गुनासोपछि अनुगमन गर्न पुगेकी उनले सरसफाई र नियमित पानीको व्यवस्था गर्न शौचालय सञ्चालकहरुलाई निर्देशन दिएकी छिन् ।

त्यस्तै पिसाब गरेको दश र दिशाँ गरेको बिस रुपैँया शुल्क बढी भएको सेवाग्राहीको गुनासोपछि पाँच र दश रुपैँया कायम गर्न पनि रोकायाले निर्देशन दिएकी छिन् । अत्तरिया क्षेत्रमा बसपार्कमा दुई र पूर्व रोडमा एउटा शौचालय सञ्चालनमा रहेका छन् ।