बारिष्टा र बेकरीसम्बन्धी तालिम लिँदै गोदावरीका ४० जना

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले बारिष्टा र बेकरीसम्बन्धी तालिम सुरु गरेको छ । नगरपालिकाको रोजगार सेवा केन्द्रले २० जनालाई बारिष्टा र २० जनालाई बेकरी सम्बन्धि तालिम दिन सुरु गरेको हो ।

“नगरको सरोकार, स्थानीय स्तरमै सीप र रोजगार” भन्ने नारासहित रोजगारमुखी तालिम सुरु गरिएको ोजगार शाखा संयोजक रोहित कुमार जोशीले जानकारी दिए ।

nisarga

उनका अनुसार करिब ३९० कार्यघण्टा अवधिको यस कार्यक्रमले सहभागीलाई सीपमूलक दक्षता प्रदान गरी रोजगारी वा स्वरोजगारतर्फ उन्मुख गराउने लक्ष्य राखिएको छ ।

सहभागीलाई अत्तरिया उद्योग वाणिज्य संघको हलमा प्रशिक्षण दिइने उनले बताए । तालिमको उद्धघाटनमा बोल्दै गोदावरी

नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले तालिमलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै बीचमै नछोड्न प्रशिक्षार्थीलाई आग्रह गरे ।

उनले सिकेको सीपलाई व्यवहारमा उतार्दै आफ्नै ठाउँमा रोजगार सिर्जना गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका प्रमुख प्रशाशसीय अधिकृत धर्मराज विनाडीले हातमा सीप भए विश्वका जुनसुकै ठाउँमा पनि सम्मानपूर्वक काम गर्न सकिने बताउँदै सहभागिहरुलाई लेभल अनुसारको प्रमाणपत्र पनि उपलब्ध गराइने बताए ।

तालिममा पर्पेक्ट म्यान पावर ट्रेनिङ प्रालि र त्रिपुर इन्जिनियरिङ प्रालि परामर्सदाता रहेका छन् ।