कैलालीमा स्कुटर दुर्घटना हुँदा युवकको मृत्यु

Image
maya metro

अत्तरिया – जिल्लाको गौरीगंगा नगरपालिका–१ मंगलपुरस्थित गौरीगंगा पुल नजिक पूर्व–पश्चिम राजमार्गमा आइतबार राति स्कुटर दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सु।प।प्र।०१–०१२ प ५९२९ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक घोडाघोडी नगरपालिका–८ आमखैया निवासी २३ वर्षीय रोशन चौधरी गम्भीर घाइते भएका थिए।

nisarga

घाइते चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।