गोदावरीमा अटो र मोटरसाइकल ठोक्किँदा एकजना घाइते

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरीमा अटो र मोटरसाइकल ठोक्किँदा एकजना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्र्तगत गोदावरी नगरपालिका-६ स्थित खैराना पुलनजिक मंगलबार राती अत्तरियातर्फ गइरहेको सुप प्र ०१००१ ह ७४३० नम्बरको पेट्रोल अटो र विपरीत दिशाबाट आइरहेको सुपप्र ०१०९ प ८३९१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।

nisarga

दुर्घटनामा मोटरसाइकलचालक गोदावरी-८ का अन्दाजी ४५ वर्षीय अर्जुन भट्ट घाइते भएको प्रहरीले जनाएको छ ।

उनको मालाखेती अस्पतालमा उपचार भइरहेको र अटोसहित चालक गोदावरी-६ का ३४ वर्षीय लाल बहादुर कामी इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।