दार्चुलामा हर्क साम्पाङद्वारा पुल शिलान्यास

Image
maya metro

दार्चुला – प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीको नेतृत्वको श्रम संस्कृति पार्टीले दार्चुलामा झोलुङ्गे पुल निर्माण अभियान सुरु गरेको छ। साम्पाङले ब्यास गाउँपालिका–२ दुम्लिङस्थित घट्टेखोलामा झोलुङ्गे पुलको शिलान्यास गरेका हुन्।

सामाजिक सञ्जालमा महाकाली नदीमा पुल निर्माणको चर्चा भइरहेका बेला शिलान्यास भने नेपाल–भारत सीमा नदी महाकालीमा नभई त्यस नजिकैको आन्तरिक खोलामा गरिएको ब्यास गाउँपालिकाका अध्यक्ष ःमंगल सिंह धामीले बताएका छन्। उनका अनुसार शिलान्यास गरिएको खोलाभन्दा केही सय मिटर पर मात्रै महाकाली नदी पर्छ।

nisarga

उक्त स्थानमा यसअघि स्थानीयले प्रयोग गर्दै आएको काठे पुल रहेको बताइएको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी ब्लष् िएयगमभ िले पनि नेपालको आन्तरिक खोलामै पुल निर्माणको प्रक्रिया अघि बढाइएको पुष्टि गरेका छन्।

साम्पाङको टोलीले श्रमदानमार्फत नै पुल निर्माण गर्ने योजना सार्वजनिक गर्दै आएको छ। दार्चुलाबासीको समस्या सुनेपछि साम्पाङ भावुक बनेका थिए। उनले आफू पार्टी विस्तारका लागि नभई स्थानीयलाई राहत दिन पुल निर्माण अभियानमा लागेको बताएका छन्।

“यहाँका समस्या समाधानका लागि आवाज पनि उठाउने छु,” साम्पाङले कार्यक्रममा बताएका थिए।