
इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन् ।
उनलाई इरानले हिजो बेलुकातिर रिहा गरेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिए ।

उनका अनुसार कतारस्थित नेपाली दूतावासका अधिकारीले इरानमा समन्वय गरिरहेका छन् ।
दुबईको एक पानी जहाज कम्पनीमा कार्यरत झालाई केही समयअघि इरानी सेनाले नियन्त्रणमा लिएको थियो ।















