अत्तरिया जेसिजद्वारा गोदावरी आर्यघाट सरसफाइ

Image
maya metro

युवाको नेतृत्व विकास र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले अत्तरिया जेसिजको आयोजनामा गोदावरी आर्यघाटमा सरसफाइ गरिएको छ ।

वातावरण संरक्षण र स्वच्छता प्रवर्द्धनसँगै युवामा नेतृत्व विकास तथा व्यक्तित्व निखार्ने उद्देश्यले आर्यघाट क्षेत्रमा सरसफाइ गरिएको हाे ।

nisarga

सरसफाइमा अत्तरिया जेसिजका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । सरसफाइ अभियानमार्फत आर्यघाट क्षेत्रको फोहोर व्यवस्थापन गरी “स्वच्छ वातावरण, स्वस्थ जीवन” भन्ने सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ ।

अत्तरिया जेसिजका उपाध्यक्ष चिरन्जीवी भट्टले जेसिजले युवालाई नेतृत्व क्षमता अभिवृद्धि, व्यक्तित्व विकास र सामाजिक उत्तरदायित्वप्रति सचेत बनाउने महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

उनका अनुसार “जेसिज युवाहरूलाई केवल कार्यक्रममै सीमित नराखी समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणा दिने सशक्त माध्यम हो। यस्ता गतिविधिहरूले युवालाई जिम्मेवार, सक्षम र समाजप्रति उत्तरदायी बनाउँछ।”

उनले आगामी दिनहरूमा पनि वातावरण संरक्षण, स्वास्थ्य सचेतना तथा सामाजिक रूपान्तरणका कार्यक्रमहरूलाई निरन्तरता दिइने जानकारी दिए ।

अत्तरिया जेसिजले पछिल्लो समय समाजमा सकारात्मक प्रभाव पार्ने विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ, जसले युवामा जागरण ल्याउनुका साथै समुदायमा सकारात्मक ऊर्जा प्रवाह गर्न टेवा पुर्‍याउँदै आएको छ।