
बझाङ – जयपृथ्वी नगरपालिका–१० जिपपार्क क्षेत्रमा नक्कली खुकुरी चुरोटसहित दुई जना पक्राउ परेका छन्।
शनिबार साँझ गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा सु.प.प्र. ००१ क २५५२ नम्बरको मिनी ट्रकबाट ९ पेटी १० डण्डा नक्कली खुकुरी चुरोट बरामद गरेको हो।

प्रहरीका अनुसार ट्रक चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ बस्ने ३२ वर्षीय पंकज चौधरी र ट्रक साहु बैतडीको पाटन नगरपालिका–२ बस्ने २१ वर्षीय हेमराज पाण्डेयलाई नियन्त्रणमा लिइएको छ।
बरामद गरिएको चुरोट, मिनी ट्रक र दुवै जनालाई आवश्यक कारबाहीका लागि नियन्त्रणमा राखिएको जिल्ला प्रहरीले जनाएको छ।















