
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा जारी ‘बुढीतोला पर्यटन महोत्सव’मा आज गायिका एलिना चौहानको प्रस्तुती रहने भएको छ ।
चौहानका धोकेबाज हौ तिमी,छुट्यो पिरिम, कट्टा हान्दिन्छु लगायतका गितहरु चर्चित छन् ।

चौहानको प्रस्तुतीसंगै स्थानीय कलाकारहरुका प्रस्तुतीहरु पनि रहने आयोजकले जनाएको छ ।
भोलिसम्म सञ्चालन हुने महोत्सवको वैशाख २३ गते एक समारोहकाबिच गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले महोत्सवको उद्धघाटन गरेका थिए ।
















