गोदावरीमा रहेका रोजगारदातासँग नगरपालिकाको अन्तरक्रिया

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले रोजगारदाताहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

यस क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्ने, सीपयुक्त जनशक्ति व्यवस्थापन गर्ने तथा रोजगार प्रवद्र्धनका विषयमा छलफल गर्ने उद्देश्यले नगरपालिकाको रोजगार शाखाले शुक्रबार कार्यक्रम आयोजना गरेको हो ।

nisarga

यस्ता कार्यक्रमले रोजगारदाता र रोजगार खोजीरहेका व्यक्ति गरी दुवैपक्षलाई जोड्ने अपेक्षाले कार्यक्रम आयोजना गरिएको रोजगार शाखा प्रमुख रोहित जोशीले बताए ।

कार्यक्रममा विभिन्न संघसंस्था, व्यवसायी, उद्योगी लगायतका क्षेत्रका रोजगारदाताहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीहरुले स्थानीय युवा जनशक्तिलाई रोजगारीसँग जोड्न आवश्यक सीपविकास तालिम, रोजगारमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रसँग सहकार्यलाई प्रभावकारी बनाउन सुझाव दिएका थिए ।