गोदावरीबाट लागूऔषधसहित दुई जना पक्राउ

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–१० दमौराबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

शनिबार बेलुकी १८० मिलिग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१० बस्ने १९ वर्षीय योगेन्द्र भुल र २६ वर्षीय अमित कुमार तामाङ रहेका छन् ।

nisarga

लागूऔषध सेवन गरी हिँडिरहेका छन् भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।