जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ

Image
maya metro

कैलाली – २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–२ मा डेरा गरी बस्ने सिराहा बिष्णुपुर गाउँपालिका–४ घर भएका २८ वर्षीय हेमन्त कुमार ठाकुरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

nisarga

हेमन्तले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।