कैलालीका दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ, ७५ हजार बरामद

Image
फाईल फोटो
maya metro

धनगढी – कैलालीका दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–५ तारानगरस्थित हरि प्रसाद पडालको घरमा जुवातास खेलिरहेको अवस्थामा हरि प्रसाद पडालसहित ७ जनालाई पक्राउ गरिएको हो।

nisarga

उनीहरूको साथबाट नगद २५ हजार ४५० रुपैयाँ र ३ गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी, लम्कीचुहा नगरपालिका–१ मोतिपुर बजारस्थित गोपाल हमालको सपना नास्ता पसलबाट जुवातास खेलिरहेको अवस्थामा गोपाल हमालसहित १४ जनालाई पक्राउ गरिएको छ।

उनीहरूको साथबाट नगद ५० हजार १६० रुपैयाँ र ९ गड्डी तास बरामद भएको प्रहरीले जनाएको छ। दुवै घटनामा पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।