प्रयाङ्क भिडियोको नाममा नागरिकलाई सास्ती दिने योगेश थापालाई प्रहरीले सम्झाई बुझाई गर्यो

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरिया क्षेत्रमा आसपासका बजार क्षेत्रमा प्रयाङ्क भिडियोको नाममा नागरिकलाई सास्ती दिने योगेश थापालाई प्रहरीले सम्झाई बुझाई गरेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक हिरा सिंह महराका अनुसार कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर-९ सुन्दरपुरका थापालाई अबदेखि सो गल्ती नदोहोर्याउने कागजात गरि छोडिएको हो ।

nisarga

नेपाली सेनाका प्युठ थापा हाल कैलालीको तेघरी ब्यारेकमा कार्यरत छन् ।

पछिल्लो समय ‘योगेश थापा’ नामक फेसबुक अकाउन्टबाट सार्वजनिक भइरहेका विभिन्न भिडियोमा रमाइलोको बहानामा सडकमा हिँडिरहेका सर्वसाधारणलाई अनाहकमा हैरानी दिने, झुक्याउने, डर देखाउने तथा सार्वजनिक रूपमा अपमानित गर्ने गरेका दृश्यहरु सार्वजनिक भएका थिए ।

तर थापाले भने सर्वसाधारणको सहमती र अनुमति लिएर मात्र भिडियो हाल्ने गरेको दाबी गरेका छन् ।