सेती नदीमा बगेर बैतडीका २ बर्षीय बालक बेपत्ता

Image
फाइल फोटो
maya metro

बैतडी – सेती नदीमा बगेर बैतडीका एक बालक बेपत्ता भएका छन् ।

सोमबार साँझ सिगास गाउँपालिका–५ घर भएका २ बर्षीय दिलिप धामी सेती नदीमा बगेर बेपत्ता भएका हुन ।

nisarga

आमा पार्वती धामी लुगा धुन सेती नदी किनारमा गएकी र सोही बेला सँगै गएका दिलिप बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सिगास गाउँपालिका–६ माइतीघर आएकी पार्वती साँझको समयमा लुगा धुन सेती नदी किनारमा गएकी थिइन ।

घटनापछि स्थानीयबासी र प्रहरीको टोलीले बालकको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।