भवन उद्धघाटनमा निर्माण समितिलाई नबोलाएपछि निर्माण समिति संयोजक भट्टले गरिन् गुनासो

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया उद्योग वाणिज्य संघको नवनिर्मित भवनको शनीबार उद्धघाटन गरियो ।

गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले एक कार्यक्रमकाबिच भवनको उद्धघाटन गरे । उद्धघाटन कार्यक्रममा आफूलाई नबोलाएपछि भवन निर्माण समितिकी संयोजक यसोदा भट्ट चोखालले गुनासो गरेकी छिन् ।

nisarga

उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै महिलाले गरेको कामको समाजले मूल्यांकन नै नगर्ने प्रवृत्तिप्रति चित्त दुखाएकी छिन् ।

संघको आन्तरिक विवादका कारण भवन निर्माणमा कसैले हात हाल्न नखोज्दा आफू अगाडी बढेर अनेक चुनौती झेलेको तर उद्धघाटनमा आफूलाई खबर नै नगरेको उनले गुनासो गरेकी छिन् ।

भट्टको संयोजकत्वमा फागुराम चौधरी,निर्मला पनेरु, श्याम ठाकुर, रमेश भट्ट र निशा मल्लसहितको निर्माण समितिले गत वर्ष गोदावरी नगरपालिकाको बजेटमा भवन निर्माण गरेको थियो ।