अत्तरिया उद्योग वाणिज्य संघको मतदान सम्पन्न, ९६४ मत खस्यो

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि आज भएको मतदान सम्पन्न भएको छ ।

गोदावरी २ वनखेतस्थित संस्थाको भवनमा बिहान ८ बजे देखि सुरु भएको मतदान बेलुकी ५ बजे मतदान सम्पन्न भएको हो । मतदानमा जम्मा ९६४ मत खसेको निर्वाचन समितिका संयोजक देवराज भट्टले बताएका छन् ।

nisarga

संघमा हाल १ हजार २४ जना सदस्य आबद्ध छन् । संघको ११ जनाको कार्यसमितिका लागि ४३ जना चुनावी मैदानमा उत्रिएका छन् ।

जसमा अध्यक्षका लागि कमल कडायत, रमेश भट्टराई, नैन सिंह कार्कीले प्यानल सहित उम्मेदवारी गर्दा गराएका छन् । त्यस्तै भिस्मा खड्काले वरिष्ठ उपाध्यक्ष सहित प्यानल दर्ता गराएकी छिन ।