अछाममा १७ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा एक जना पक्राउ

Image
maya metro

अछाम – अछाममा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पश्चिम रुकुम जिल्लाको चौरजहारी गाउँपालिका९ बस्ने २७ वर्षीय जय प्रकाश स्वर्णकारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

nisarga

स्वर्णकारले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय अछामले आवश्यक अनुसन्धान गरिरहेको छ।