दार्चुलामा भिरबाट लडेर युवककाे मृत्यु

Image
maya metro

दार्चुला – दार्चुलाको लेकम गाउँपालिका–६ गणेतका २४ वर्षीय शंकर सार्की (खनाल) को भिरबाट लडेर मृत्यु भएको छ।

दार्चुला प्रहरीका अनुसार शनिबार बिहान स्थानीयवासीले रिठेगाढ खोलामा घाइते अवस्थामा फेला पारेपछि तत्काल उद्धार गरी गोकुलेश्वर अस्पताल पुर्‍याएका थिए।

nisarga

अस्पतालमा प्रारम्भिक उपचारका क्रममा उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले बताएका थिए।

गोकुलेश्वर अस्पतालमा आवश्यक उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको थियो। तर एम्बुलेन्समार्फत धनगढी ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।