आत्महत्या गर्छु भनेर निस्केकी गोदावरीकी महिलाको प्रहरीद्धारा सकुशल उद्धार

Image
maya metro

अत्तरिया – आत्महत्या गर्छु भनेर घरबाट निस्केकी कैलालीको गोदावरी-२ की एक महिलाको प्रहरीले सकुशल उद्धार गरेको छ ।

घरायसी समस्याका कारण आत्महत्या गर्छु भनेर निस्केकी अत्तरियाकी एक ३६ वर्षीय महिलाको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हिरा सिंह महराको कमाण्डमा खटिएको टोलीले सकुशल उद्धार गरेको हो ।

nisarga

आत्महत्या गर्ने भन्दै घरबाट निस्केपछि उनकी छोरीले प्रहरीलाई खबर गरेकी थिइन् । उनलाई इलाका प्रहरी कार्यालयमै राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।