जन्मदिनको अवसरमा ज्येष्ठ नागरिकलाई फलफूल वितरण

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी ज्येष्ठ नागरिक समाजका अध्यक्ष भोजराज भट्टले आफ्नो जन्मदिनको अवसरमा ज्येष्ठ नागरिकहरुलाई फलफूल वितरण गरेका हुन् ।

आइतबार परेको जन्मदिनका अवसरमा भट्टले नगरभित्रका ८० जना ज्येष्ठ नागरिकहरुलाई फलफूल वितरण गरेका हुन् ।

nisarga

गोदावरी ज्येष्ठ नागरिक समाजको भवनमा आयोजित कार्यक्रममा भट्टले उनीहरुलाई फलफूल वितरण गरेका हुन् ।

भट्टले जन्मदिनलाई औपचारिक उत्सवका रूपमा नभई समाजप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्ने अवसरका रूपमा मनाउने उदेश्यले उक्त कार्य गरेको बताएका छन् ।