
कञ्चनपुर – कञ्चनपुरबाट खैरो हेरोइनसहित ४ जना पक्राउ परेका छन्।
जिल्लाको शुक्लाफाटा नगरपालिका–१२ कालागौडीबाट लागूऔषध खैरोहेरोइन ६५० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३ जना किशोरहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागु औषध नियन्त्रण ब्युरो शाखा कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुका पक्राउ गरेको हो।

यसैगरी, शुक्लाफाटा नगरपालिका–१२ खल्ला सिविरबाट अवैध लागूऔषध खैरोहेरोइन ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागु औषध नियन्त्रण ब्युरो शाखा कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुका पक्राउ गरेको जनाएको छ।














