
धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–८ राधास्वामीबाट ब्राउन सुगर जस्तो देखिने पदार्थसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार बेलुकी जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा १ ग्राम १३० मिलिग्राम पदार्थ फेला पारेको हो।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ का ३२ वर्षीय सञ्जय यादव, ४२ वर्षीय सम्भु श्रेष्ठ, एक १६ वर्षीय किशोर तथा धनगढी उपमहानगरपालिका–५ का २० वर्षीय क्रिस बम रहेका छन्।
चारै जनालाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।















