
धनगढी – कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन् ।
घोडाघोडी नगरपालिका–१० लठैया स्थित भित्री सडक खण्डबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम १७० मिलिग्रामसहित सोही ठाउँ बस्ने २४ वर्षीय जितेन्द्र चौधरीलाई आइतबार दिउँसो इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

सुदूरपश्चिम प्रदेश ०१–००८ प ५८३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी मोटरसाइकलसहित पक्राउ गरेको जनाएको छ।
टीकापुर नगरपालिका–१ ब्लक नं. २९ मेन्थाबाट खैरो हेरोइन २७० मिलिग्रामसहित सोही ठाउँ बस्ने २५ वर्षीय नबिन भण्डारीलाई आइतबार साँझ इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
त्यस्तै टीकापुर नगरपालिका–९ खक्रौलाबाट खैरो हेरोइन ४ ग्राम ३२० मिलिग्रामसहित बर्दियाको राजापुर नगरपालिका–७ भिमापुर बस्ने २१ वर्षीय अमन चौधरीलाई आइतबार साँझ प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
















