
अत्तरिया – कञ्चनपुरमा छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा बुवाको मृत्ययु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत वेदकोट नगरपालिकाको कार्यालय नजिकै सोमबार बिहान सिसैयाका गगनसिंह महराले चलाएको से ३ प ५२७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल पछाडी सवार अन्दाजी ६० वर्षका गौर सिंह महराको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी चालक महराका बुवा हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्र थापाले दुर्घटनामा घाइते भएका महरालाई उपचारका लागि धनगढी ल्याइएको बताए ।
उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थापाले बताए । महराको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
















