भोटेकोशी बाढीपीडितका लागि गोदावरी चेम्बरसहित सुदूरपश्चिमका चेम्बरको १ लाख १ हजार सहयोग

Image
maya metro

अत्तरिया – भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि गोदावरी चेम्बर अफ कमर्ससहित सुदूरपश्चिमका चेम्बर परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १ रुपैयाँ सहयोग गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेशको समन्वयमा गोदावरी, कैलाली र धनगढी चेम्बर अफ कमर्सलगायत संस्थाको संयुक्त पहलमा उक्त रकम सहयोग गरिएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

nisarga

गोदावरी चेम्बर अफ कमर्सका अध्यक्ष तारा दत्त जोशीको प्रतिनिधित्वमा सहयोग रकम जम्मा गरिएको जनाइएको छ ।

व्यवसायीहरूको संस्था भए पनि व्यापार-व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको गोदावरी चेम्बर अफ कमर्सले विपद्, आपत्कालीन अवस्था तथा सामाजिक सेवाका क्षेत्रमा आफ्नो भूमिका निरन्तर प्रभावकारी बनाउँदै आएको अध्यक्ष जोशीले बताए।

विपद्को घडीमा पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको कैलाली चेम्बर अफ कर्मसका अध्यक्ष प्रमोद अधिकारीले बताएका छन् ।

चेम्बरले बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि सरकारी निकाय, निजी क्षेत्र, उद्योगी-व्यवसायी, सामाजिक संघ-संस्था तथा आम नागरिकलाई आ-आफ्नो स्थानबाट सहयोग गर्न अपिलसमेत गरेको छ ।

भोटेकोशी बाढीबाट प्रभावित सम्पूर्ण नागरिकको शीघ्र सामान्य जीवनयापनको कामना गर्दै उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका सुरक्षाकर्मी, सरकारी निकाय, स्थानीय तह, सामाजिक संघ-संस्था, स्वयंसेवक तथा सहयोगी सम्पूर्णप्रति चेम्बर अफ कमर्सले हार्दिक सम्मान तथा धन्यवाद व्यक्त गरेको छ । भने उद्धार, राहत तथा पुनःस्थापनाका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन नेपाल सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ ।