
अत्तरिया – भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-१ को पृथ्वीनगर आमा समूहले २० हजार रकम सहयोग गरेको छ ।
समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० हजार १५१ रुपैयाँ सहयोग गरेको हो ।

बढी प्रभावितहरुको राहत तथा पुनस्र्थापनामा थोरै भए पनि सहयोग पुगोस् भन्ने उदेश्यले आमा समूहको तर्फबाट रकम सहयोग गरिएको समूहकी अध्यक्ष तुलसी कुमारी बमले बताएकी छिन् ।
समूहले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । समूहले उद्धार र पुनस्र्थापना शिघ्र गर्न पनि सरकारसंग माग गरेको छ ।














