तेक्वान्दोका जुनियर खेलाडीहरूको सामूहिक जुनियर ग्रेडिङ कार्यक्रम सम्पन्न

Image
maya metro

अत्तरिया – तेक्वान्दोका जुनियर खेलाडीहरूको सामूहिक जुनियर ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । विभिन्न तेक्वान्दो डोजाङका १०५ जना खेलाडीहरुको सामूहिक जुनियर ग्रेडिङ कार्यक्रम आइतबार कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित तेघरीमा रहेको सैनिक आवासीय महाविद्यालय तेघरीमा सम्पन्न भएको हो ।

नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रमअनुसार अत्तरिया तेक्वान्दो डोजाङ, खप्तड तेक्वान्दो डोजाङ तथा सैनिक आवासीय महाविद्यालय तेक्वान्दो डोजाङलगायतका डोजाङबाट सहभागी खेलाडीहरूले ग्रेडिङमा आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।

nisarga

कार्यक्रममा सैनिक आवासीय महाविद्यालय तेघरीका प्रिन्सिपल सिदेश्वर पन्त प्रकाश, महाविद्यालयका प्रमुख व्यवस्थापक प्रमुख सेनानी खीलबहादुर राना तथा राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्रशिक्षक शेरबहादुर सिंहको उपस्थिति रहेको थियो ।

त्यस्तै तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी शिवराज भट्टराई, सैनिक आवासीय महाविद्यालय तेक्वान्दो डोजाङका डोजाङ प्रमुख इन्द्रबहादुर सिंह, तेक्वान्दो प्रशिक्षक तथा परीक्षक सुनील बिष्ट, कैलाली जिल्ला तेक्वान्दो संघका पूर्व सदस्य देवराज भट्राईलगायत तेक्वान्दोका सिनियर खेलाडी, प्रशिक्षक, अभिभावक तथा महाविद्यालयका शिक्षक–कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

ग्रेडिङ कार्यक्रममा खेलाडीहरूले आफ्नो बेल्ट तह अनुसारका बेसिक प्रविधि, किकिङ, पुम्से, आत्मरक्षाका विभिन्न प्रविधि तथा तेक्वान्दोका प्राविधिक पक्षहरू प्रस्तुत गरेका थिए ।