
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले सुदूरपश्चिम प्रदेशको मुख्य सांस्कृतिक चाड गौरा पर्वको अवसरमा भदौ १८ गते बिहीबार एक दिन स्थानीय बिदा दिने निर्णय गरेको छ।
नगरपालिकाको भदौ ९ गते बसेको १४४ औँ कार्यपालिका बैठकले उक्त दिन नगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

नगरपालिकाद्वारा जारी सूचना अनुसार उक्त दिन गोदावरी नगरपालिकाको कार्यालय, नगर कार्यपालिकाको कार्यालय तथा यस अन्तर्गतका सम्पूर्ण मातहतका कार्यालय, निकायहरू र शिक्षण संस्थाहरूमा बिदा लागू हुनेछ।
यद्यपि, अस्पताल र दमकल जस्ता अत्यावश्यक सेवाहरू भने सुचारु रहने नगरपालिकाले जनाएको छ।
सूचना मार्फत नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश पन्तले सम्पूर्ण नगरबासीहरूमा गौरा पर्वको हार्दिक शुभकामना समेत व्यक्त गर्नुभएको छ।
















