
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-४ को कार्यालय परिसरमा तोडफोड भएको छ ।
अज्ञात व्यक्तिले गएराती वडा कार्यालय परिसरमा तोडफोड गरेको हो ।

मुख छोपेका ति व्यक्तिले पर्खालमा लगाइएका बल्बहरु तथा सीसी क्यामराहरु फुटाएको जनाइएको छ ।
तोडफोडमा संलग्न व्यक्तिको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।














