
डडेल्धुरा – डडेल्धुराका २ जना फरार प्रतिबादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा अभद्र व्यवहार मुद्दामा २ महिना १९ दिन कैद सजाय र ५ पाँच हजार जरिवाना तोकिएको भागेश्वर गाउँपालिका–४ बस्ने २३ वर्षीय सुरेन्द्र राज भट्ट पक्राउ परेका छन्।

अवैध हातहतियार मुद्दामा १ वर्ष २ महिना १० दिन कैद सजाय र ३० हजार जरिवाना तोकिएको आलिताल गाउँपालिका–४ बस्ने ४४ वर्षीय दिपकबहादुर सिजाली रहेका छन्।
















