गोदावरीमा जुवाखालमा प्रहरी छापा, सरकारीसहित ११ मोटरसाइकल बरामद

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी जंगलमा सञ्चालन भइरहेको जुवा खालमा प्रहरीले छापा हानेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले गोदावरी-४ स्थित हनुमान मन्दिर पछाडी चलिरहेको जुवाखालमा मंगलबार बेलुकी छापा हानेको हो ।

nisarga

छापा हानेर से १ ब ११८१ नम्बरको सरकारीसहित ११ वटा मोटरसाइकल बरामद गरिएको इलाका प्रहरी कार्यालय मालखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हिरासिंह महराले बताएका छन् ।

सुराकेको माध्यमबाट जुवाडेहरु भने सबै भागेको प्रहरीले दावी गरेको छ ।

बरामद गरिएका मोटरसाइकलहरु इलाका प्रहरी कार्यालय मालखेतीमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।