
अत्तरिया – जल तथा मौसम विज्ञान विभागले असोज ९ गतेदेखि देशभर भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि जिल्ला विपद् व्यवस्थापन समिति कैलालीको बैठक आज बस्दैछ ।
समितिको बैठक दिउँसो १ बजे जिल्ला प्रशाशन कार्यालय कैलालीमा बस्ने भएको हो ।

बैठकमा सम्भावित भारी वर्षाबाट जिल्लामा पर्न सक्ने जोखिम तथा बाढी र डुबानको सम्भावित अवस्था र त्यसबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि आवश्यक तयारीबारे छलफल हुने कैलालीका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष हिरालाल रेग्मीले बताएका छन् ।
१३ वटा स्थानीय तह रहेको कैलाली बाढी तथा डुबानको उच्च जोखिममा पर्दछ ।















