चुरेमा बेपत्ता व्यक्ति मृत फेला,  हत्या आशंकामा ७ जना नियन्त्रणमा

Image
maya metro

अत्तरिया – कैलालीको चुरे गाउँपालिका,१ निगालीका ५२ वर्षीय यज्ञबहादुर बोहरा मृत अवस्थामा फेला परेका छन्।
यही असोज ५ गते घरबाट हराएका बोहराको खोजी गर्ने क्रममा चुरे गाउँपालिका,१ तुलिखेत स्थित जंगलको भिरबाट तल मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालखेतिले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा बोहरा सहित ८ जना एकै ठाउँमा बसेर मादक पदार्थ सेवन गरेको र सो क्रममा केही व्यक्तिले बोहरालाई मारिदिन्छु भन्दै गरेको भिडियो फेला परेको प्रहरीले जनाएको छ ।

nisarga

उक्त भिडियोका आधारमा शंकास्पद देखिएका नाम, थर र वतन नखुलेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट प्रहरी नायब उपरीक्षक हिरासिंह महराको कमाण्डमा घटनास्थल अनुसन्धान अधिकारी सहित खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेती ल्याइएको छ।

घटनास्थलबाट मृतक बोहराको टोपी, मोबाइल फोन र चप्पलसमेत फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।