नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर-४ को मतगणना सुरु

Image
maya metro

अत्तरिया – नेपाली कांग्रेसको कैलाली क्षेत्र नम्बर-४ को अधिवेशन अन्तर्गत हिजो भएको मतदानको मतगणना सुरु भएको छ ।

आज दिउँसो ३:३० बजेदेखि मतगणना सुरु भएको हो । जम्मा २१ जना चयन हुने अधिवेशनमा ४१ जना उम्मेदवार रहेका छन् ।

nisarga

७२५ जना प्रतिनिधि मतदाता रहेको अधिवेशनमा ६८९ मत खसेको थियो ।

क्षेत्रीय सभापतिका लागि सुरत कार्की र विजय कुँवर गरि दुई जना उम्मेदवारले प्यानलसहित उम्मेदवारी दिएका छन् ।

मतगणना प्रतिभा सामुदायिक पुस्तकालयमा भैरहेको छ ।