
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–३ मा रहेको मालाखेती अस्पतालमा गत आर्थिक वर्ष २०८२/८३ मा ३३२ जना महिलाले प्रसूति सेवा लिएका छन्।
गोदावरी नगरपािलकाको मुख्य स्वास्थ्य संस्था मानिने यस अस्पतालमा प्रसूति सेवा लिने महिलामध्ये ३२ जना २० वर्षभन्दा कम उमेरका रहेको अस्पतालकी नर्सिङ इन्चार्ज यसोदा ढकालले बताएकी छिन् ।

अस्पतालको तथ्यांकअनुसार २० वर्षभन्दा कम उमेरमा प्रसूति सेवा लिएका ३२ जनामध्ये २९ जनाले दक्ष प्रसूतिकर्मी र तीन जनाले दक्ष स्वास्थ्यकर्मीबाट सेवा लिएका छन् ।
त्यस्तै २० वर्षमाथिका ३०० जना महिलाले प्रसूति सेवा लिएका छन्। उनीहरूमध्ये २०५ जनाले दक्ष प्रसूतिकर्मीबाट र ९५ जनाले दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिएका हुन्।
तथ्यांकअनुसार गत आर्थिक वर्षमा अस्पतालमा प्रसूति सेवा लिने कुल महिलामध्ये करिब १० प्रतिशत २० वर्षभन्दा कम उमेरका छन् ।
यसैगरी मालाखेती अस्पतालमा गत आर्थिक वर्षमा ६४६ जनाले गर्भवती जाँच सेवा लिएका छन्। गर्भवती जाँचका लागि अस्पताल पुग्ने महिलाको तुलनामा प्रसूति सेवा लिने महिलाको संख्या कम देखिएको छ ।





























