अत्तरियामा शिला प्रकट भएको दावी, सामुदायिक वनले गर्यो विरोध

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा शिला प्रकट भएको दावी गरिएको छ।

गोदावरी-२ स्थित अत्तरिया बसपार्कको छेउमा दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा ३३ कोटी देवतास्वरुप शिला प्रकट भएको दावी गरिएको हो।

nisarga

शिला प्रकट भएको भन्दै सो क्षेत्रलाई स्थानीयले घेरबार समेत गरेका छन् भने दर्शन गर्न श्रद्धालुहरुको भिड लाग्ने गरेको छ।

दुर्गालक्ष्मी सामुदायिक वनले भने यसको विरोध गरेको छ। वनकी अध्यक्ष शिवा कडायतले वनमा थुप्रै ठाउँमा यस्ता माटोका ढिस्का रहेको भन्दै अतिक्रमण गर्ने मनशायले यो नाटक रचिएको बताएकी छिन्।

‘भगवानको नाममा यहाँ वन अतिक्रमण गर्न खोजिएको छ, फलामका पिल्लर गाडिएको छ । यसबारे हामीलाई केहि जानकारी गराइएको छैन, उनले भनिन्, यदि भगवान् नै प्रकट हुनुभएको हो भने पनि वन आफैले संरक्षण गर्छ।’

आफूहरुले ति पिल्लर हटाउने पनि उनले बताएकी छिन् ।