
बडीमालिकामा हिमपातपछि फसेका पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
भारी हि”म”पातपछि बडीमालिकास्थित त्रिवेणी पाटनमा फसेका कञ्चनपुरको कृष्णपुर नगरपालिका—२ बस्ने २१ वर्षका सागर कार्कीको उद्धार गरिएको हो ।

यस्तै, बडीमालिका क्षेत्रमा सम्पर्कविहीन कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षका मनिष बोहराको खोजी कार्यका लागि सदरमुकामस्थित सेनाको ईश्वरीबक्स गुल्मबाट आवश्यक जनशक्तिसहित हेलिकप्टर त्यस क्षेत्रमा जाने भएको छ ।






























