
धनगढी – धनगढीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर ५ सय ६३ मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–१८ फुलबारी बस्ने ३० वर्षीय बाली रावतसहित २ जना पक्राउ परेका हुन्।

दुबै जनालाई प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले आईतबार बा८५प ८८०३ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।































