बझाङमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, ६ जना घाइते

Image
maya metro

बझाङ – बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौर नजिकै डाँडाइजरस्थित सुडेधार खोलामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका ४० वर्षीय गोपाल धामी र २७ वर्षीय पविता धामी रहेका छन्। उनीहरू दुवैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

nisarga

से ००१ च ४३७६ नम्बरको जीप ब्रेक फेल भएर बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ। काँडाचौरका १५ जना स्थानीय बासिन्दालाई बोकेर बागथलातर्फ आउँदै गरेको जीप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको बताइएको छ।

जीपका चालक बुङ्गल नगरपालिका–२ गिरौँका मोहन धामी रहेको बताइएको छ। उक्त जीप केदारस्युँ गाउँपालिका–७ का वडाध्यक्ष चन्द्र धामीको रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा केदारस्यु-७ का ४५ वर्षीय प्रेमबहादुर धामी,३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी,२२ वर्षीय रेखा धामी दुर्गाथली गाउँपालिका-६ की ४२ वर्षीय शारदा धामी,सोहि ठाउँका ४२ वर्षीय राम बहादुर धामी रहेका छन् । घाइते पाँच जनाको अवस्था गम्भीर रहेको र रेखाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।