कञ्चनपुरबाट लागुऔषध नाइट्राभेट र स्पास सहित दुई जना पक्राउ

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी गस्ती टोलीले २ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–७ का ३३ वर्षीय सनम भण्डारी र २८ वर्षीय रितु भण्डारी रहेका छन् । उनीहरुलाई पुनर्वास नगरपालिका वडा नम्बर १० दोदापुलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।

सनम ले चलाएको से ३ प ४४९६ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा कालो प्लाष्टिक भित्र राखेको अवस्थामा नाइट्राभेट १५ ट्याब्लेट र स्पास लेखेको ४४ क्याब्सुल फेला पारेको प्रहरीले बताएको छ।  पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

nisarga