
अत्तरिया – अत्तरिया जेसिज वर्ष २०२२ को अध्यक्षमा हरि कडायत निर्वाचित भएका छन । शनिबार भएको निर्वाचनबाट कडायत वर्ष २०२२ का लागी अध्यक्षमा निर्वाचित भएका हुन ।
प्रतिद्धन्द्धी प्रेरणा पाण्डेय र कडायतको मत बराबरी हुँदा गोलाप्रथाबाट विजेताको टुङ्गो लगाईएको थियो । यसैगरी जेसिजको वर्ष २०२२ को उपाध्यक्षमा भने रमेश कडायत, अनिष सिँह, भावना भट्ट र जेशन मडै निर्विरोध निर्वाचित भएका छन ।

जेसिजको कार्यकारीणी उपाध्यक्षमा पनि प्रदिप खड्का र भगवती साउँद निर्विरोध निर्वाचित भएका छन ।
कानुनी सल्लाहकार, महासचिव तथा कोषध्यक्ष लगायतका अन्य बाँकी रहेका पदहरुका लागी सदस्य मनोनित गरिने नवनिर्वाचित अध्यक्ष हरि कडायतले जानकारी दिए ।
















