श्रीपुर खानेपानी लालपुरको अध्यक्षमा ओली निर्वाचित

Image
maya metro

अत्तरिया – कैलालीका गोदावरी नगरपालिका – ७ लालपुरमा रहेको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा खडक बहादुर ओली निर्वाचित भएका छन ।

शनिबार भएको निर्वाचनमा प्रतिद्धन्द्धि मान बहादुर खातीलाई २ मतले पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन । ओलीले ३४३ मत प्राप्त गरेका थिए भने खातीले ३४१ मत प्राप्त गरेका थिए ।

nisarga

शनिबार भएको निर्वाचनमा नयाँ कार्यसमितिका लागी दुई प्यानल चुनावी मैदानमा होमिएका थिए । नेकपा एमालेबाट खडक ओलीको अध्यक्षमा र नेपाली कांग्रेसबाट खातीको अध्यक्षतामा दुई प्यानल चुनाव लडेको थियो ।

अध्यक्षमा एमालेबाट चुनाव लडेका ओली विजयी भएपनि अन्य पदहरुमा भने कांग्रेसबाट चुनाव लडेका खाती समुहबाट विजयी भएका छन ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा खाती समुहकी जानकी देवी पाठक विजयी भएकी छन । उनले प्रतिद्धन्द्धी खडक सिँह सार्कीलाई पराजित गरेकी हुन । पाठकले ३३९ मत प्राप्त गरेकी थिईन भने सार्कीले ३२० मत प्राप्त गरेका थिए ।

यसैगरी कार्यसमितिको सचिव र कोषाध्यक्षमा पनि खाती समुहबाटै रमेश कुमार ओली र राम कोली विजयी भएका छन । उनिहरुले क्रमशः ३४० र ३४७ मत प्राप्त गरेका थिए ।

कार्यसमितिको सदस्यमा पनि ओली समुहका १ जना बाहेक सबै खाती समुहबाट विजयी भएका छन । सदस्यमा ओली समुहकी दुर्गा साउँद विजयी भएकी हुन भने खाती समुहबाट रविन्द्र थापा, जनप्रकाश शाहु, भिम बहादुर विष्ट र अम्बिका देवी खडायत विजयी भएका छन ।