
पछील्लो २४ घण्टामा देशभर थप १ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ८८४८ पीसीआर परीक्षण गर्दा ८४१ र ३७८४ एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो
त्यस्तै पछिल्लो २४ घन्टामा थप २२४ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप २ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ७५५ रहेको मन्त्रालयले जनाएको छ। हाल देशभरी कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ७५५ रहेको छ।















