त्रिविका पूर्वनिर्धारित परीक्षाहरू नरोकिने

Image
maya metro

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पूर्व निर्धारित परीक्षाहरू नरोकिने भएको छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारबाट देशैभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। तर त्रिविका पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षाहरू स्वास्थ्य मापदण्ड अपनाएर जेड आकारमा बसाई सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ।

अहिले त्रिविको सेमेस्टर अन्तर्गत चौथो वर्षको परीक्षा भइरहेको छ।

nisarga

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसपछि मन्त्रालयले भोलिदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको हो।