१८३ किलो गाँजा बरामद, गाडीसहित एक जना पक्राउ

Image
maya metro

हेटौंडा – मकवानपुर प्रहरीले गाडीमा बोकेर ल्याउँदै गरेको गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ३० वर्षीय रामचन्दू स्याङतान रहेका छन्। विशेष सूचनाको आधारमा गएको प्रहरीले त्रिभूवन राजपथको भिमफेदी गाउँपलिका–२ बाट १८३ किलोग्राम गाजासहित उनलाई पक्राउ गरेको हो।

nisarga

प्रहरीले गाजा बोकेको प्रदेश ३–०१–००२२ च ३५५६ नम्बरको टाटाको पिकअप गाडी नियन्त्रणमा लिएको छ। त्रिभूवन राजपथ हुँर्दै पालुङबाट हेटौंडा तर्फ आउँदै गरेको गाडीमा गाँजा रहेको सूचनाको आधारमा प्रहरी टोली अपरान्ह ५ बजे भैसे चेक पोष्टमा गएर बसेको थियो।

नियन्त्रणमा लिइएको गाडी, गाँजा र चालक स्याङतानमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।