धनगढीमा हुने भनिएको सुदूरपश्चिम महोत्सव स्थगित

Image
maya metro

धनगढी- कैलालीको धनगढीमा यो वर्ष आयोजना हुने भनिएको सुदूरपश्चिम महोत्सव स्थगित  गरिएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासनले भिडभाड हुने कार्यक्रममा रोक लगाएपछि महोत्सव स्थगित गरिएको हो। बुधबार कैलाली उद्योग वाणिज्य संघले विज्ञप्ति जारी गर्दै माघ १८ गतेदेखि हुने भनिएको महोत्सव स्थगित गरिएको जानकारी दिएको छ।

हरेक वर्ष मंसिर २२ गतेबाट लाग्ने महोत्सव गत वर्ष कोभिड १९ का कारण हुन सकेको थिएन। तर यो वर्ष कोरोना संक्रमण घटेको भन्दै माघ १८ गतेदेखि महोत्सव आयोजना गर्ने तयारी कैलाली उद्योग वाणिज्य संघले गरेको थियो।

nisarga